Media Network

महानगरले फुटपाथमा सामान राख्न नदिने


खबरस्टोरी संवाददाता

१३ आश्विन २०७९,बिहीबार

काठमाडौँ।काठमाडौँ महानगरले नेपालीहरुको महान चार्ड बडा दसैँको लागि राखिने फुटपाथको बजारमा रोक लगाएको छ । दसैँको बेला फुटपाथ बाटोमा आवतजावत धेरै हुने भएकाले रोक लागाएको विहिबार विज्ञप्तिमाफर्त जनाएको हो।

महानगरले पैदलयात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्छ भन्दै अन्य समयभन्दा योबेला  जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर वाहिर निस्कने समय भएकाले फुटपाथ व्यापार रोक लगाएको हो ।महानगरले उहाँहरुको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी भएको बताएको छ । 

सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो । त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्ने बताएको छ ।

 फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन/प्रसारण भएका समाचारप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण गरेको छ । 

महानगरको आर्थिक बर्ष २०७९/०८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकास सम्बन्धी नीतिमा ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाउने नीति राखेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद