Media Network

मनास्लु हिउँ पहिरोमा परेका घाइतेहरू सबैको उद्धार


खबरस्टोरी संवाददाता

११ आश्विन २०७९,मंगलवार

गोरखा । मनास्लु हिउँ पहिरोमा परेर घाइते भएकाहरू सबैको उद्धार गरिएको छ। सोमबार र मंगलबार बिहान गरी सबै घाइतेको उद्धार गरिएको छ।

सोमबार २ जना घाइतेलाई उद्धार गरेर काठमाडौं ल्याइएको थियो भने आज बिहान थप ९ जना घाइतेको उद्धार गरिएको हो।मनास्लुको तेस्रो बेस क्याम्पबाट चौथो बेशक्याम्पमा जाने क्रममा सोमबार दिउँसो हिउँ पहिरो खस्दा १२ जना घाइते भएका थिए।

घाइतेमध्ये एक जनाको मृत्यु भएको थियो। आरोहण सहयोगी अनुप राईको मृत्यु भएको थियो।सात जना घाइतेलाई आज काठमाडौं ल्याइएको छ। 

सोमबार मौसम खराब हुँदा उद्धार गर्न कठिनाइ भएको थियो। आज बिहानदेखि मौसम खुलेकोले हेलिकप्टरबाट घाइतेहरूको उद्धार गरिएको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद