Media Network

मन्त्रीको ज्यानको जोखिम देखिएपछि बल प्रयोग गरियो: प्रहरी महानिरीक्षक


खबरस्टोरी संवाददाता

१६ पुष २०८०,सोमबार

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले मन्त्रीको सुरक्षा जोखिममा पर्ने ठानेरदेखेपछि  बालकुमारीमा बल प्रयोग गरिएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले मन्त्रीको गाडी त्यहाँ नपुगेको भए घटना नहुने उल्लेख गरे ।

“उपत्यकामै मन्त्रीमाथि यस्तो भयो भनेर सन्देश राम्रो जाँदैन भनेर हामी खट्यौँ,” उनले भने, “बल प्रयोगमा आठजना प्रहरी घाइते भएका छन् । मन्त्रीको ज्यान तलमाथि पर्छ भनेर प्रहरी बल प्रयोग भएको हो ।”फिल्डमा खटिएका प्रहरीले ठिक गरेरनगरेको अनुसन्धानबाट स्पष्ट हुने उनले बताए ।

मन्त्रीमाथि हातपात हुने देखिएपछि उनलाई पीएसओले सुरक्षित स्थानमा पुर्‍याएको महानिरीक्षक कुँवरले जानकारी दिए । गएको शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शन र झडपका क्रममा दुई युवकको मृत्यु भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद