Media Network

मापदण्ड विपरित सञ्चालनमा रहेको एफडीएच क्लिनिकमा महानगरको ताला


खबरस्टोरी संवाददाता

११ असार २०८०,सोमबार

काठमाडौं । काठमाडौं महानगरले मापदण्ड विपरित सञ्चालन हुँदै आएको एफडीएच क्लिनिक बन्द गराएको छ । डा.दिलजन मन्सुरले चलाउँदै आएको काठमाडौंको मैतिदेवीस्थित उक्त क्लिनिक मापदण्ड विपरित भएको भन्दै महानगरले बन्द गराएको हो ।

मधुमेह, उच्च रक्तचाप र थाइराइड रोगबाट पूर्ण रुपमा छुटकारा दिने भन्दै दाबी गर्दै आएको उक्त क्लिनिकमा अनुगमन गर्दा क्लिनिकका लागि आवश्यक प्रक्रिया र मापदण्ड पूरा नगरेको फेला परेपछि क्लिनिक नै बन्द गर्नुपरेको महानगरले जनाएको छ ।

एफडीएच (फुड, डाइबिटिज, हार्ट) नाममा सञ्चालन गरिएको उक्त क्लिनिकले ‘लो कार्ब डाइट’का नाममा मोटोपन, मधुमेह, उच्च रक्तचाप र थाइराइड रोग निको पार्ने दाबी गर्दै आइरहेको थियो । लो कार्ब डाइटका विषयमा पर्याप्त अध्ययन नभएको र यसले थप समस्या निम्त्याउने भन्दै धेरैले उक्त डाइटका विषयमा आलोचना समेत हुँदै आएको थियो । सोही अनुसार महानगरले क्लिनिकमा अनुगमन गरेको हो । र मापदण्ड अनुसार नपाइएपछि क्लिनिक सिल गरिएको महानगरले जनाएको छ ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद