Media Network

मिर्चैयाका सुकुम्बासी र व्यापारी आन्दोलित


खबरस्टोरी संवाददाता

२७ चैत्र २०७९,सोमबार

काठमाडौँ। नगरपालिकाले घर भत्काइदिएपछि सिराहाको मिर्चैयामा सुकुम्बासी र व्यापारीले सयुक्त आन्दोलान गरेका छन्। उनहिरुले नगरपालिका विरुद्ध  आन्दोलनमा उत्रिएका हुन्। 

नगरपालिकाले बजारमा झण्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार व्यवसाय गर्दै आएका सुकुम्बासी र व्यापारीहरुको घर नगरपालिकाले भत्काएको थियो।

 गाउँब्लक र बहाल बिक्टोरीको जग्गा अतिक्रमण गरिएको भन्दै केहि समयअघि उक्त जग्गामा बनेका संरचनाहरु नगरपालिकाले स्थानीयको विरोधका बावजुद भत्काइदिएको थियो ।

नगरपालिकाले आफूहरुमाथि ज्यादती गरेको भन्दै उनीहरुले मिर्चैयामा र्‍याली प्रदर्शन गरे । नगरपालिका जनताका लागि अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उल्टो जनतामाथि शासन गर्न खोजेको उनीहरुको आरोप छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद