Media Network

मिटरब्याज पीडितलाई भदौ ५ भित्र उजुरी गर्न गृहको आग्रह


खबरस्टोरी संवाददाता

२८ श्रावण २०७९,शनिबार

काठमाडौं । मिटरब्याज पीडितलाई ५ भदौ गतेभित्र प्रमाणसहित सम्बन्धित प्रशासनमा उजुरी गर्न गृह मन्त्रालयले आग्रह गरेको छ ।

पछिल्लो समय विभिन्न व्यक्तिहरुबाट आर्थिक रुपमा अप्ठ्यारोमा परेका व्यक्तिमाथी गरेको शोषणका कारण धेरै घर परिवारको विचल्ली भएको समाचारप्रति ध्यानआर्कण भएकको भन्दै पिडीतहरुले प्रमाण सहित उजुरी दिन मन्त्रालयले आग्रह गरेको हो ।

विशेषगरी तराईका जिल्लामा केही समययता मिटरब्यजका कारण पीडित हुनु परेको घटना सार्वजनिक भएको भन्दै गृह मन्त्रालयले सूचना जारी गर्दै ५ भदौ भित्र त्यस्ता पीडितहरूलाई प्रमाणसहित प्रहरीमा उजुरी गर्न आग्रह गरेको छ ।

नवलपरासी पश्चित प्रतापपुरका केही यस्तै पीडितहरू न्याय माग्दै काठमाडौं माइतीघरमा धर्नामा रहेको विषय पनि वार्ताबाट सुल्झाउने कार्य भइरहेको जानकारी दिँदै देशका अन्य स्थानमा पनि यस्तै घटान भएको भए उजुरी गर्न मन्त्रालयले आग्रह गरेको हो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद