Media Network

मधेस प्रदेशमा सरकार निमार्ण गर्न जनमत पार्टी र स्वतन्त्रको भर


खबरस्टोरी संवाददाता

१४ मंसिर २०७९,बुधबार

जनकपुरधाम । मधेश प्रदेशसभाको सबै मत परिणाम आएसँगै सरकार गठनको बहस सुरू भएको छ । चुनावको परिणाम हेर्दा सकार बनाउन सकस परिीस्थति भने छैन।

मधेसमा १५ सीटमा जित निकालेर नेकपा एमाले पहिलो दल बनेको छ । चुनावमा एमाले(जनता समाजवादी पार्टी (जसपा)को गठबन्धन थियो । ०७४ मा ठूलो दल बनेको जसपा ९ सीटमा खुम्चिएर तेस्रोमा झरेको छ । एमाले र जसपाको सीट जोड्दा २४ पुग्छ ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस १३ सीट जितेर दोस्रो भएको छ । यो गठबन्धनमा रहेका लोसपा ७, माओवादी र नेकपा एसले ४/४ जितेका छन् । सत्तागठबन्धनमा रहेको दलहरूको सीट जोड्दा २८ पुग्छ ।

सिंगल भिडेको डा.सीके राउत नेतृत्वको जनमत पार्टीले ६ सीट जितेको छ । यस्तै प्रदेशसभामा ६ जना स्वतन्त्रले जितेका छन् ।

१०७ सदस्य प्रदेशसभामा ४३ जना समानुपातिक सांसद चुनिने छन् । समानुपातिकको नतिजा आइसकेको छैन । त्यसैले कुन दलको कति सांसद थपिन्छ यकिन छैन ।

सरकार बनाउन सामान्य बहुमत अर्थात् ५४ जना सांसद चाहिन्छ । अहिलेसम्मको प्रत्यक्षतर्फ र समानुपातिक परिणाम हेर्दा सरकार बनाउने बहुमत न सत्तागठबन्धन ल्याउन सफल भयो, न एमाले/जसपा गठबन्धन ।

सरकार बनाउनमा जनमत पार्टी र स्वतन्त्र सांसद निर्णायक बनेको छ । जनमत पार्टी सत्तागठबन्धनमा गयो भने सरकार बन्ने देखिन्छ । वा जनमत पार्टी र केही स्वतन्त्र सांसद(एमाले( जसपा गठबन्धनतिर लागेमा मात्र सरकार बनाउन सम्भव छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद