Media Network

मधेश प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण आज


खबरस्टोरी संवाददाता

१५ पुष २०७९,शुक्रबार

जनकपुरधाम । नवनिर्वाचित मधेश प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण आज हुँदै छ ।नवनिर्वाचित प्रदेश सांसदहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज दिउँसो २ बजे पद तथा गोपनियताको शपथ ग्रहण गराउन लागेका हुन् ।

जेष्ठ सदस्यको हैसियतमा न्यौपानेलाई शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका थिए ।नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने प्रावधान छ ।

नेकपा एकीकृत समाजवादीका न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरीको ४ को प्रदेश सभा १ बाट निर्वाचित भएका हुन् । उनले आज बाँकी १०६ जना प्रदेश सांसदलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउने छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद