Media Network

मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने, सभामुख पनि आजै चयन हुने


खबरस्टोरी संवाददाता

३ माघ २०७९,मंगलवार

काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। यसैगरी सभामुख चयनका पनि मंगलबार नै हुनेछ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार मुख्यमन्त्री यादवले दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची तय भएको छ। गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए। उनलाई ६२ सांसदको समर्थन छ। 

सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका  रामचन्द्र मण्डल र नेपाली कांग्रेसका तर्फबाट जंगीलाल रायको उम्मेदवारी परेको छ।सोमबारका लागि तोकिएका कार्यक्रम राष्ट्रिय शोकका कारण स्थगन गरी मंगलबारका लागि तय गरिएको हो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद