Media Network

नागरिकतामा अपमानजनक नाम राख्न नपाइने


खबरस्टोरी संवाददाता

२३ श्रावण २०७९,सोमबार

काठमाडौं । गृह मन्त्रालयले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने भएको छ ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पु¥याएर सच्याउन पनि दिने भएको छ ।मन्त्रालयले नाम र थरमा अपमानजनक शब्द राखी नागरिकता प्रमाणपत्र जारी भएको विषयमा ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

अबदेखि नाम र थरमा अपमानजनक शब्द राखेर नागरिकता प्रमाणपत्र जारी नगर्ने व्यवस्था मिलाइएको उक्त विज्ञप्तिमा उल्लख छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद