Media Network

निहारिकाको केशमा राष्ट्रपति भण्डारीको चासो, कानून मन्त्री र महान्यायाधिवक्तालाई गरिन ध्यानाकर्षण


खबरस्टोरी संवाददाता

२८ श्रावण २०७९,शनिबार

काठमाडौं । न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो दिएकी छन् ।उनले आज कानून मन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई बोलाएर यस विषयमा ध्यानाकर्षण गराइन् ।

निहारिकाले हिजो राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास गरेकी थिइन् । तर, प्रहरीले हस्तक्षेप गरी उनको ज्यान जोगाएको थियो । ९ दिनदेखि आमरण अनशनमा रहेकी उनले आफूमाथि ‘बलात्कार गर्ने’ व्यक्तिलाई पक्राउ गर्नुपर्ने र बच्चाको डीएनए टेस्ट गर्नुपर्ने लगायतका माग राखेकी छन् ।

भेटमा मन्त्री बन्दीले निहारिकाको मुद्दामा फैसला गर्ने न्यायाधीशविरुद्ध कारबाही प्रक्रिया अघि बढिसकेको पनि अवगत गराएका थिए ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद