Media Network

नेपालमा पहिलोपटक समलिंगी विवाह दर्ता


खबरस्टोरी संवाददाता

१४ मंसिर २०८०,बिहीबार

काठमाडौँ । नेपालमा पहिलोपटक समलिंगी विवाह दर्ता भएको छ। लमजुङको दोर्दी गाउँपालिकाले सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार एक समलिंगी जोडीको विवाह दर्ता गरेको हो।

लमजुङको दोर्दी गाँउपालिका–२ का रामबहादुर गुरुङ र नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र पाण्डेबीच समलिंगी विवाह दर्ता भएको हो। दोर्दी गाँउपालिका–२ को वडा कार्यालयमा उनीहरूले विवाहका लागि निवेदन दिएका थिए।


Share:
Reaction :
ताजा समाचार
खेलकुद