Media Network

निर्वाचन आयोगले गर्यो ११६ जनालाई कारबाही


खबरस्टोरी संवाददाता

२७ कार्तिक २०७९,आईतवार

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ११६ जनालाई कारबाही गरेको छ । आचारसंहिता उल्लंघन गर्नेमा उम्मेदवार, जनप्रतिनिधि, कर्मचारी र शिक्षक धेरै रहेको आयोगले जनाएको छ ।आयोगको तथ्यांकअनुसार शनिबार मात्रै ९ जनालाई कारबाही गरेको छ । आचारसंहिता मिच्नेलाई ५ हजारदेखि २५ हजारसम्म जरिवाना गरिएको छ । शिक्षक र कर्मचारीलाई विभागी कारबाही पनि अगाडि बढाउन आयोगले सम्बन्धित मन्त्रालयलाई पत्र लेखेको जनाएको छ ।आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार यसअघि स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर आचारसंहिताअनुसार निर्वाचन खर्च नबुझाएका र प्रदेश तथा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ उम्मेदवार भएका ३ सय ६९ उम्मेदवारको नाम बन्द सूचीबाट हटाएको थियो ।आचारसंहिता मिच्नेलाई ५ हजारदेखि २५ हजारसम्म जरिवाना गरिएको छ । शिक्षक र कर्मचारीलाई विभागी कारबाही पनि अगाडि बढाउन आयोगले सम्बन्धित मन्त्रालयलाई पत्र लेखेको जनाएको छ ।आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार यसअघि स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर आचारसंहिताअनुसार निर्वाचन खर्च नबुझाएका र प्रदेश तथा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ उम्मेदवार भएका ३ सय ६९ उम्मेदवारको नाम बन्द सूचीबाट हटाएको थियो ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद