Media Network

निर्वाचन आयोगमा अझै १ लाख २४ हजार उम्मेदवारले जरिवाना दिन बाँकी


खबरस्टोरी संवाददाता

२४ आश्विन २०७९,सोमबार

काठमाडौं । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएर खर्च विवरण नबुझाएका उम्मेदवारहरुबाट निर्वाचन आयोगले करिब साढे ३ करोड रुपैयाँ जरिवाना संकलन गरेको छ ।जरिवाना नबुझाएसम्म उनीहरुको नाम ‘नकारात्मक सूची’बाट नहटाउने र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न नदिने भएपछि उनीहरुले धमाधम जरिवाना तिरेका हुन् ।
अझैपनि स्थानिय निर्वाचनमा उम्मेदवार दर्ता भई निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा पेश नगर्ने १ लाख २४ हजार उम्मेदवार बाँकी रहेका छन्।

स्थानीय तहमा उम्मेदवार भएका कतिपय व्यक्तिहरु प्रतिनिधिसभा र प्रदेशसभामा समेत उम्मेदवार बन्न खोजेका थिए । जरिवाना नबुझाएसम्म आयोगले आफ्नो प्रणालीमा नाम इन्ट्री गर्न नदिने भएपछि उनीहरुले जरिवाना बुझाएको, आयोगको प्रवक्ता शालिकराम शर्मा पौडेलले बताए ।

आयोगको विवरण अनुसार आइतबारसम्म ९६ जनाले ३ करोड ५५ लाख रुपैयाँ जरिवाना बुझाएर आफू उम्मेदवार बन्ने बाटो खोलेका छन् । तीमध्ये ७६ जनाले आयोगमै पुगेर जरिवाना बुझाएका थिए । आयोगले कान्तिपथ र अन्य निर्वाचन कार्यालयबाट जरिवाना बुझाउन पाउने सुविधा दिएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद