Media Network

निर्वाचन आयोगमा पहिलो दिनमै ५ वटा पार्टी दर्ता


खबरस्टोरी संवाददाता

२२ श्रावण २०७९,आईतवार

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगमा ५ वटा राजनीतिक दल दर्ता भएका छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिके राउत नेतृत्वको जनमत पार्टी, मौलिक जरोकिलो पार्टी दर्ता भएको छ । त्यस्तै, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी नेपाल दर्ता भएको आयोगले जनाएको छ ।

आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद