राष्ट्रिय मान्यता प्राप्त नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा एकीकृत समाजवादीलगायत दलले आसन्न निर्वाचनमा भाग लिने प्रयोजन दल दर्ता गराएको आयोगले जनाएको छ ।
आयोगले संघ र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिनका लागि यही साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको आह्वान गरेको छ । सार्वजनिक बिदाका दिन पनि आयोगको कार्यालय खुला रहने र निर्वाचनसँग सम्बन्धित काम नियमित रुपमा सम्पादन हुने जनाइएको छ ।
यही साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले आसन्न संघ र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन आयोगमा दल दर्ता गर्नु पर्छ । आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा संघ र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।