Media Network

निर्वाचनको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदान गर्न आयोगको आग्रह


खबरस्टोरी संवाददाता

३ मंसिर २०७९,शनिबार

काठमाडौं। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

शनिबार पत्रकार सम्मेलन गर्दै आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको सम्पूर्ण तयारी पूरा बताए।

उनले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने भएकोले ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरे। उनले भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने बताए। 

मतदानमा खटिएका मतदान अधिकृत, कर्मचारीलाई डर त्रास देखाउने, बुथ कब्जा गर्न खोज्ने, मतदातालाई रोक्ने, मतपेटिका लुट्न खोज्नेलगायत निर्वाचन बिथोल्ने गतिविधि गर्नेलाई कानूनी कारबाही गर्न सम्बन्धित मातहतमा निर्देशन दिएको समेत आयोगले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद