Media Network

नारायणगढ-बुटवल सडकखण्डको ठेक्का तोड्ने सरकारको चेतावनी


खबरस्टोरी संवाददाता

१० आश्विन २०७९,सोमबार

काठमाडौँ। नारायगढ-बुटवल सडकखण्ड विस्तार सुस्त गतिमा भएको भन्दै सडक विभागले ठेकेदार कम्पनीसँग ठेक्का टोड्ने चेतावनी दिएको छ । विभागले सम्झौता अनुरुप निमार्ण कार्य सक्नपर्ने अवस्थामा १८ प्रतिशत मात्र काम भएको भन्दै ठेक्का तोड्ने चेतावनी दिएको हो ।

विभागले ठेकेदारलाई कार्तिक ५ गतेसम्ममा आफ्नो कार्यशैली नसुधारेमा ठेक्का तोड्ने सुचना जारि गरेको हो।

ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कन्स्ट्रक्सनलाई परेको थियो ।

११३ किलोमिटरको चारलेन बाटो बनाउने कार्य निकै सुस्त भइरेहको छ ।ठेकेदारको सुस्त गतिले स्थानियलाई आवातजावत गर्न कठिनाई हुनुका साथै हिलो र धुलोले यात्रामा असहजता,प्रदुषण र स्वास्थ्ग सम्बन्धी समस्या भोग्न परिरहेको छ ।

ठेक्का खरिद सम्झौता अनुसार चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७९ श्रावण २२ मा निमार्ण गरिसक्नुपर्ने सम्झोता भएको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद