Media Network

नारायणीमा बढ्यो पानीको सतह, गण्डक ब्यारेजका सबै ढोका खोलियो


खबरस्टोरी संवाददाता

१७ श्रावण २०७९,मंगलवार

काठमाडौ । लगातारको बर्षाका कारण नारायणी नदीमा पानीको सतह खतरानजिक पुगेपछि पूर्वी नवलपरासीको त्रिवेणीमा रहेको गण्डक बाँँधका सबै ढोका खोलिएको छ। 

दुई दिनदेखि परेको वर्षाले पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको सबै ३६ वटै ढोका खोलिएको हो।सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नदीमा पानीको बहाब बढेसँगै सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ। 

गण्डक बाँधको ढोकाको चाबी सधैँ भारतले राख्ने गरेको छ। देवघाटस्थित जलमापन केन्द्रले नारायणी नदीमा पानीको सतह खतरा नजिक पुगेको जनाएपछि तल्लो तटीय क्षेत्रमा समेत खतरा बढ्न सक्ने भन्दै भारतले ढोका खोलेको हो।



Share:
Reaction :
ताजा समाचार
खेलकुद