Media Network

नेताहरुले यसरी मनाए धान दिवस (तस्वीरहरू)


खबरस्टोरी संवाददाता

१५ असार २०८०,शुक्रबार

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार भरतपुर महानगरपालिका २४ स्थित केरुङ्गा सामुहिक तरकारी कृषि फर्ममा धान रोप्ने मेसिनमार्फत् रोपाइँ गरेर धान दिवस मनाए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि चितवन पुगेर असार पन्ध्र मनाएका छन् । ।

धान दिवस मनाउनका लागि पूर्वप्रधानमन्त्रीदेखि सांसदहरूसमेत खेतमा पुगेका थिए । २० औँ राष्ट्रिय धान दिवसको तथा रोपाइँ महोत्सवको अवसरमा भरतपुर महानगरपालिकाको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धन शाखाले शुक्रबार आयोजना गरेको रोपाइँ कार्यक्रममा मेसिनबाट धान रोपेर भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले दिवस मनाइन् ।चितवन पुगेर धान दिवस मनाए अर्का नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले ।

त्यस्तै गोदावरी नगरपालिकाका–१२ थेचोस्थित धान रोपिन प्रतिनिधिसभा सांसद डा तोसिमा कार्कीले ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद