Media Network

नवलपुरकाे बुलिङटारमा बस दुर्घटनाः पाँच जनाको मृत्यु, ३० घाइते


खबरस्टोरी संवाददाता

१३ कार्तिक २०७९,आईतवार

नवलपुर । नवलपरासी पूर्वको पहाडी गाउँ बुलिङटारमा आइतबार विहान बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ । घटनामा अन्य ३० यात्रु घाइते भएका छन् । 

मनकामना दर्शनको लागि भन्दै पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट कच्चीमार्ग भएर आउँदै गरेको ना  ६ ख ७५८० नम्बरको बस बुलिङ्गटार–२, डाडाझेरीको मथारमा बिहान ४ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

दुर्घटनामा परी पाल्पाको रम्भा गाउँपालिका १ निवासी ४१ बर्षीया तारा विक, १७ बर्षीय विनय विक, ६२ बर्षीय धनी विक, ५८ बर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ १ बेलचौर निवासी ४५ बर्षीया फूलमाया माझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए । 

बस कालीगण्डकी कोरीडोरको सडकबाट एक ससय मिटर तल खसेको छ । घाइतेहरूको बुलिङटारबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि भरतपुर पठाएको छ । 

दुर्घटनामा परि घाइते भएकाहरुको नामावली ः 

१) बस चालक; जिल्ला पाल्पा रामपुर न.पा.३ गण्डकी ढिक बस्ने वर्ष २९को दिल कुमार श्रेष्ठ ।

२) बस सहचालक;ऐ,ऐ ४ बेझाड बस्ने वर्ष २४ को साजन श्रेष्ठ ।

३) ऐ, बसमा सवार ऐ,रम्भा गा.पा.१ बस्ने वर्ष ४ को अंकित सुनार ।

४) ऐ,बस्ने वर्ष १० को कृष्ण केवट ।

५) ऐ,१ बस्ने वर्ष १८ को प्रविण सुनार टाउको चोट मध्यम ।

६) ऐ,ऐ बस्ने वर्ष २०को राम ब.बि.क.टाउकोमा चोट गम्भिर ।

७) ऐ,१ बस्ने वर्ष २१ को रिता बि.क. ।

८) ऐ,ऐ,बस्ने वर्ष २५ को कासीराम बि.क. ।

९) ऐ,ऐ बस्ने वर्ष २० को बिशाल बि.क.

१०) ऐ,ऐ बस्ने वर्ष १ की आइसा बि.क. ।

११) ऐ,ऐ बस्ने वर्ष १६ को अविनाश बि.क.

१२) ऐ,१ बस्ने वर्ष ७की पुष्पा बि.क.ढाड र टाउकोमा चोट,मध्यम ।

१३) ऐ,ऐ बस्ने वर्ष ४७ को मेघनाथ बि.क.मुखमा चोट मध्यम ।

१४) जिल्ला स्याङजा  बेलचौर न.पा.९ बस्ने वर्ष २५ की दिलमाया राना आखामाचोट मध्यम ।

१५) ऐ,ऐ बस्ने वर्ष ३ को रविन राना,सामान्य चोट ।

१६) जिल्ला पाल्पा झडेवा बस्ने वर्ष ३२ की सुमित्रा बि.क.।

१७) ऐ,रम्भा गा.पा. १ बस्ने वर्ष १५ की रिमा बि.क. अवस्था गम्भिर ।

१८) ऐ, १ बस्ने वर्ष ३२ की सन्जु सुनार ।

१९) ऐ, बस्ने वर्ष ३८ को प्रेम ब.सुनार ।

२०) ऐ,बस्ने वर्ष २० को आषिश सुनार ।

२१) ऐ, बस्ने वर्ष २० को बिजय बि.क.।

२२) ऐ,बस्ने वर्ष ३६ की माया बि.क. ।

२३) जिल्ला स्याङजा गल्याङ ८ बस्ने वर्ष ३५ को मनोज कुमार बि.क. 

२४) ऐ,९ बस्ने वर्ष ३० की सरिता माझी मुखमा ढाडमा चोट,मध्यम ,।

२५) ऐ, ८ बस्ने वर्ष ३० की उमा कुमारी बि.क.ढाडमा चोट मध्यम ।

२६) ऐ,९ बस्ने वर्ष ३१ को रामु राना गम्भिर ।

२७) जिल्ला पाल्पा रम्भा गा.पा. १ बस्ने वर्ष १२ की अस्मिता सुनार ढाड र खुट्टामा चोट मध्यम ।

२८) ऐ,ऐ बस्ने वर्ष ४७ को ओम ब.बि.क.खुट्टामा चोट सामान्य।

२९) ऐ,ऐ बस्ने वर्ष ४५ की सेती बि.क. ।

३०) ऐ,ऐ बस्ने वर्ष ४८ को शिव कुमारी बि.क.ढाडमा चोट, मध्यम ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद