Media Network

नवलपरासी पूर्वको देवचुलीमा मतपेटिकामा आगजनी


खबरस्टोरी संवाददाता

४ मंसिर २०७९,आईतवार

नवलपुर । नवलपरासी पूर्वको देवचुली नगरपालिका–४ झाँक्रेको शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ । प्रहरीका अनुसार प्रदेश सभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो ।प्रहरीले आगजनी गरेको आरोपमा स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ ।

भण्डारीले मतपेटिकामा बडीलोसन दलेर खसाएको बताएका छन् ।आगजनीपछि भण्डारी भागेका थिए । प्रहरीले भण्डारीलाई दुई किलोमिटर टाढा पुगेर पक्राउ गरेको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद