Media Network

नेवानिका अध्यक्ष अधिकारीमाथि अख्तियारले थाल्यो छानबिन


खबरस्टोरी संवाददाता

१७ श्रावण २०७९,मंगलवार

काठमाडौं ।नेपाल वायुसेवा निगमका निलम्बित कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

निगमले विभिन्न विदेशी कम्पनीहरूसँग गरेको ठेक्का सम्झौताबाट आउने कमिशन अष्टे«लियाको वेष्ट प्याक बैंक खातामा जाने गरेको भन्दै अख्तियारले छानवीन थालेको छ ।

जनता सेवा प्रालिको नाममा वेष्ट प्याक बैंक अष्ट्रेलियामा खोलिएको उक्त बैंकको खाता नं. ९७९३२० हो ।सो खातामा टर्कीको एचआईटिआईटी कम्पनीसँग पाँच वर्षका लागि अमेरिकन डलर ४१ लाख ४४ हजार ४६४.४३ मा (पीएसएस) प्यासेन्जर सर्भिस सिस्टमको सम्झौता गरिएको थियो । निगम स्रोतका अनुसार अधिकारीले सन् २०२१ मार्च २१ ताखेरमा ४० मिलियन अमेरिकी डलरमा इजरायलको एरो स्पेस भन्ने कम्पनीलाई ईन्जिन मर्मतको ठेक्का दिएका थिए । अख्तियारले बैंकसँग सम्पर्क गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद