Media Network

निवर्तमान उपराष्ट्रपति पुनलाई बिदाइ


खबरस्टोरी संवाददाता

६ चैत्र २०७९,सोमबार

काठमाडौँ । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको सोमबार बिदाइ गरिएको छ । शीतलनिवासमा आयोजित नवनिर्वाचित उपराष्ट्रपतिको शपथग्रहण कार्यक्रमसँगै पुनको बिदाइ गरिएको हो । 

पुनलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मायाको चिनो प्रदान गरेका थिए । पुन उपराष्ट्रपतिको निवास छाडेर निजी निवासमा सरिसकेका छन् ।

यसअघि नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद