Media Network

न्याय सेवाका पाँच सहसचिवको सरुवा


खबरस्टोरी संवाददाता

१८ पुष २०८०,बुधबार

काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका पाँच जना सहसचिवको सरुवा गरेको छ । आयोगको बुधबार बसेको बैठकले सर्वोच्च अदालतका मुद्दा महाशाखा प्रमुख भद्रकाली पोखरेलको न्याय परिषदमा सरुवा गरेको छ ।

न्याय परिषदका सहसचिव मानबहादुर कार्कीको उच्च अदालत पाटनको रजिष्ट्रारमा र उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलको सर्वोच्च अदालतमा सरुवा गरेको छ ।

फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक वेदप्रसाद उप्रेतीको सर्वोच्च अदालतमा र सर्वोच्च अदालतमा सूर्यवंश शर्माको फैसला कार्यान्वयन महानिर्देशकमा सरुवा गरेको छ ।आयोगको बुधबार बसेकै बैठकले न्याय परिषद सचिवालयका सचिव देवेन्द्र ढकाललाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेको छ भने भने सर्वोच्च अदालतको रिक्त रहेको रजिष्ट्रार पदमा सहरजिष्ट्रचार विमल पौडेललाई सिफारिस गरेको छ ।

मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि मुख्य रजिष्ट्रार र रजिष्ट्रार पद रिक्त भएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद