Media Network

न्यायपरिषद् बैठक बस्दै : सर्वोच्च र उच्चमा न्यायाधीश नियुक्तको तयारी


खबरस्टोरी संवाददाता

१३ असार २०८०,बुधबार

काठमाडौ । सर्वाेच्च र उच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि बुधबार न्यायपरिषद् बैठक बस्दै छ । स्रोतका अनुसार परिषद्ले उच्च अदालत २७ र सर्वोच्चमा ६ न्यायाधीश नियुक्तको तयारी थालेको छ ।

सोमबार बसेको परिषद् बैठकमा पनि न्यायाधीश नियुक्ति हुन सकेको थिएन । राजनीतिक खिचातानीका कारण लामो समयदेखि न्यायाधीश नियुक्ति प्रक्रिया अवरुद्ध हुँदै आएको छ ।परिषद्का अनुसार गत वर्ष साउनमा उच्चका २७ न्यायाधीशका लागि आवेदन आह्वान भएकोमा संक्षिप्त सूचीसमेत तयार भइसकेको छ ।

सर्वाेच्चमा पनि न्यायाधीश नियुक्तिको सिफारिस गर्ने तयारी छ । हाल सर्वोच्चमा ६ न्यायाधीशको दरबन्दी रिक्त छ । उच्चमा ४१ जना न्यायाधीशको पद रिक्त छ ।

पहिलोपटक परिषद्ले न्यायाधीश नियुक्तिको निर्देशिकाअनुसार उच्चको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाएको छ । परिषद्ले १० साउन ०७९ मा संविधान, न्यायपरिषद् ऐन र न्यायाधीश नियुक्तिको मापदण्डबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई १० दिनभित्र विवरण पेस गर्न सूचना निकालेको थियो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद