Media Network

न्यायपरिषद्को बैठक बस्दै, जिल्ला न्यायाधीशहरुको नियुक्त हुँदै


खबरस्टोरी संवाददाता

२९ श्रावण २०७९,आईतवार

काठमाडौ । न्यायपरिषद्को बैठक आज बस्ने भएको छ । न्याय सेवामा रहेका न्यायाधीशहरु भ्रष्ट र गलत कार्यमा संलग्न भएको पाईएपछि कारवाहीको विषय पनि आजको बैठकको काम प्रमुख एजेण्डा बन्नेछ ।आरोपी न्यायाधीशहरुमध्ये कतिपयको प्रतिवेदन आइसकेको,केहीको छानबिन हुँदै गरेकाले बैठकमा सोही विषयले प्राथमिकता पाउने बताईएको छ । 

काठमाडौं जिल्ला अदालतका वकिल रुद्र पोख्रेलसङ्ग अडियोमार्फत भ्रष्टाचारमा संलग्न न्यायाधीश राजकुमार कोइरालामाथि गरिएको छानबिनको प्रतिवेदन पनि परिषद्मा पेश भइसकेको छ । जेल पुगेका बैंकर तथा घरजग्गा व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन एमाले निकट कानुन व्यवसायी रुद्र पोखरेलसँग करोडौंको घुुस डिल गरेको अडियो सार्वजनिक भएपछि न्यायाधीश कोइराला निलम्बित छन् ।

अर्कोतर्फ केही जिल्ला न्यायाधीशहरुको नियुक्ति बाँकी भएकाले आजको बैठकमा त्यसबारे पनि छलफल र निर्णय हुने बताइएको छ । कर्मचारीमध्येबाट न्यायाधीश बन्नेहरुमाथि परेको उजुरीमा छानबिन गरिएको छ ।

सम्भवतः जुनियर र सिनियर भन्ने विषयमा परेको उजुरीमाथि छानबिन हुने र समस्या नदेखिए कर्मचारीहरुमध्येबाट आजै नियुक्ति हुनसक्ने सम्भावना बढेको हो ।त्यस्तै निहारिका राजपूतको मुद्दामा आरोपीलाई सफाइ दिने धनुषा जिल्ला अदालतका न्यायाधीशमाथि कारबाही हुने भएको छ ।

निहारिका र प्रतिवादी प्रेम सम्बन्धमा रहेको हुँदा ‘बलात्कार’ नठहर्ने भनी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण ठह¥याउँदै न्यायपरिषद्ले कारबाहीको तयारी गरेको हो ।

निहारिकाको मुद्दामा जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा फैसला सुनाएको थियो । जिल्ला न्यायाधीश परशुराम भट्टराईले श्रेष्ठविरुद्ध बलात्कारको अभियोगमा दाबी नपुग्ने भन्दै आरोपीलाई सफाइ दिएका थिए । उक्त फैसलाविरुद्ध निहारिकाले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद