Media Network

ओखलढुङ्गामा पहिरो : एकै परिवारका चारजनाको मृत्यु


खबरस्टोरी संवाददाता

८ असार २०८०,शुक्रबार

काठमाडौं । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. ८ मा गएराति पहिरो जाँदा चारजनाको मृत्यु भएको छ।

गाउँपालिकाको वडा नं. ८ स्थित स्थित जनजाति बस्ती (गुरुङ बस्ती) मा बिहीबार राति ११ बजे पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको वडाध्यक्ष खड्गबहादुर बरालले जानकारी दिए।

स्थानीय ३८ वर्षीय रणबहादुर गुरुङ, श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय छोरा दिनेश र छोरी डेढ वर्षीया कविताको मृत्यु भएको हो। तीनजनाको शव निकालिएको छ भने दिपेशको निकाल्ने प्रयास भइरहेको बरालले भने।

पहिरो गएलगत्तै बस्तीका अन्यले भागेर ज्यान जोगाएको उनले जानकारी दिए। क्षतिको थप विवरण संकलन भइरहेको छ।

घटनाबारे जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा शव निकाल्न र उद्धारमा खटिएका छन्।

२०७२ सालको भूकम्पका कारण बस्तीमाथिको डाँडोमा धाँजा फाटेका कारण जोखिम रहेको थियो। करिब १५० घरधुरी रहेको बस्ती स्थानान्तरण गर्न आवश्यक रहेको स्थानियले बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद