Media Network

पाँच राजदूतले लिए शपथ


खबरस्टोरी संवाददाता

११ श्रावण २०७९,बुधबार

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले आज राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथ लिने राजदूतहरूमा डा. दुर्गाबहादुर सुवेदी (जापान), दानबहादुर तामाङ (गणतन्त्र दक्षिण अफ्रिका), डा. शर्मिला पराजुली (ढकाल) (स्पेन), मिलनराज तुलाधार (रुसी महासङ्घ) र प्रा. डा. राम स्वार्थ राय (डेनमार्क) छन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद