Media Network

पहिरोका कारण नारायणगढ– मुग्लिन सडक फेरि बन्द


खबरस्टोरी संवाददाता

१८ श्रावण २०७९,बुधबार

चितवन । नारायणगढ– मुग्लिन सडकको भरतपुर महानगरपालिका– २९ मौरीखोला पुलमा मंगलबार राति फेरि पहिरो खसेपछि बाटो बन्द भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति साढे २ बजेतिर पहिरो खस्दा भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा पनि सामान्य क्षति पुगेको छ। मौरीपुलमा सोमबार राति ११ बजे पनि पहिरो खसेको थियो। २३ घण्टापछि मंगलबार राति पौने १० बजे पहिरो सफा गरेर गाडी खुलाइएको थियो।



Share:
Reaction :
ताजा समाचार
खेलकुद