Media Network

पहिरोले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध


खबरस्टोरी संवाददाता

१२ श्रावण २०७९,बिहीबार

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा बुधबार राती पहिरो खसेर सडक अवरुद्ध बनाएको हो ।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीका अनुसार वैकल्पिक सडकको रुपमा रहेको रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडकमाथिबाट रिठ्ठेबगरमा ढुंगासहितको लेदो आएर सडक अवरुद्ध बनेको छ ।  

रातिदेखि निरन्तर भएको वर्षा बिहानसम्म पनि जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । गत भदौ महिनामा आएको बाढीले सो सडकको देउराली डाँडामा सडक बगाएको थियो ।  

सो पश्चात् वैकल्पिक सडकका रुपमा सोहीमाथि जङ्गल हुँदै वैकल्पिक सडक सुचारु गर्दै आए पनि गत असारको पहिलो हप्ता आएको बाढी पहिरोले सो सडकसमेत बगाएपछि उक्त स्थानबाट वैकल्पिकरुपमा सडक सञ्चालन हुँदै आएको छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद