Media Network

पहिरोले गर्दा कालीगण्डकी करिडोर अवरुद्ध


खबरस्टोरी संवाददाता

१७ आश्विन २०८०,बुधबार

त्रिवेणी । अविरल वर्षासँगै खसेको पहिरोको कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा पहिरोले कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व ले जनाएको छ ।

बुलिङटार गाउँपालिका–१ रातबिसेमा खसेको पहिराको कारण गए रातिदेखि कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो। पानी परिरहेकाले तत्काल पहिरो पन्छाएर सवारीसाधन सञ्चालन गर्न कठिन देखिन्छ। यो खण्ड हुँदै गैँडाकोटबाट नवलपुरको बुलिङटार, बौदीकाली, पाल्पाको रामपुर, तनहुँ, पोखरा र स्याङ्जालगायत स्थानका लागि सवारीसाधन सञ्चालन हुन्छन्।




Share:
Reaction :
ताजा समाचार
खेलकुद