Media Network

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा 'डेमो उडान' सफल


खबरस्टोरी संवाददाता

७ पुष २०७९,बिहीबार

पोखरा।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान सफल भएको छ । बिहीबार दिउँसो यति र बुद्ध एयरलाइन्सले डेमो उडान गरेका हुन् ।

दुवै कम्पनिका विमान पुरानो पोखरा विमानस्थलबाट उडेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पुस १७ अथात्  १ जनवरी २०२३ देखि आन्तरिक उडान समेत हुँदैछ । उडानको तयारीका लागि डेमो उडान गरिएको हो ।

विमानस्थलमा आन्तरिक र बाह्य उडानका लागि छुट्टाछुट्टै संरचना बनाइएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद