Media Network

पोखरा महानगरले पुरानो ट्राफिक भवनमा चलायो डोजर


खबरस्टोरी संवाददाता

१७ माघ २०७९,मंगलवार

पोखरा । पोखरा महानगरपालिकाले पृथ्वी चोकमा रहेको पुरानो ट्राफिक कार्यालयको भवनमा डोजर चलाएको छ । महानगरको कार्यपालिकाको बैठकको निर्णयअनुसार पृथ्वी चोकको पुरानो ट्राफिक कार्यालयको भवनमा मङ्गलवार डोजर चलाइएको हो।

ट्राफिक कार्यालय सरेपनि त्यहाँ रहेको संरचना हटाउन महानगरपालिकाले डोजर चलाएको हो । पोखराको सुन्दरतालाई मध्यनजर गर्दै जीर्ण अवस्थामा रहेको पुरानो ट्राफिक कार्यालय (गोलघर) भत्काउन थालिएको पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मरासिनीले बताए ।

उक्त ठाउँमा ‘पोखरा घर’ बनाउने योजनाका साथ भवन भत्काउन सुरु गरेको  हो ।‘२ वर्षभित्र बनाइसक्ने योजनासहित अगाडि बढेको महानगरले त्यहाँ रहेको पुरानो ट्राफिक कार्यालयको भवन भत्काउन कम्तीमा १५ दिन लाग्नेछ । 

पोखरा घर बनाउनका लागि चालु आर्थिक वर्षमा महानगरले २ करोड रुपैयाँ रकम विनियोजन गरेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद