Media Network

पोखरा- मर्दी ट्रेकिङमा गएका विदेशी पर्यटक बेपत्ता


खबरस्टोरी संवाददाता

१५ पुष २०८०,आईतवार

काठमाडौं । कास्कीको पोखरा–मर्दी ट्रेकिङमा गएका एक जना विदेशी पर्यटक बेपत्ता भएका छन् ।हिजो (शनिबार) दिउँसो ४ बजे मर्दी हाईक्याम्पबाट बेसक्याम्प हिँडेका स्वीडेनी नागरिक मिचेल बेपत्ता भएको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले जानकारी दिए ।

उनका अनुसार पालिकाले संकलन गर्ने पर्यटन शुल्क फर्म भरेर हिँडेका उनी साँझसम्म नफर्किएपछि बेपत्ता भएको आशंकामा खोजी भइरहेको गुरुङले बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद