निजगढ विमानस्थलबारे सर्वोच्च अदालतले दिएको आदेशपछि निर्माण अघि बढाउनेसम्बन्धमा अन्योल छ । सरकारले गठन गरेको विज्ञको समूहले बाराको निजगढमै विमानस्थल बनाउन सकिने निर्षकर्ष सहितको प्रतिवेदन सरकारलाई पेश गरिसकेको छ । तर कसरी विमानस्थल निर्माण अघि बढाउने भन्नेबारे सरकार अनिर्णित छ ।
प्रधानमन्त्री प्रचण्डले अब निजगढ विमानस्थल अघि बढाउने भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको कारण कास्कीलाई धेरै मुलुकसँग जोड्न मिल्ने बताएका छन् । कास्कीबासीको चाहना पुरा भएको भन्दै पोखरा विमानास्थलले देशकै अर्थतन्त्रमा योगदान गर्ने उनले बताए ।