Media Network

पोखरामा एक युवकले गरे आत्मदाहको प्रयास


खबरस्टोरी संवाददाता

१५ माघ २०७९,आईतवार

पोखरा । पोखरामा एक युवकले आत्मदहको प्रयास गरेका छन् ।प्रेमप्रसाद आचार्यले आत्मदह गरेको घटना सेलाउन नपाउँदै पोखरा महानगरपालिका-१३ काहुँखोला बस्दै आएका एकजनाले आइतबार आत्मदाहको प्रयास गरेका हुन् ।

कास्कीको मादी गाउँपालिका ४५ वर्षीय युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । डेरामा बस्दै आएका उनले बाथरुममा छिरेर पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । उनलाई बचाउने क्रममा घरबेटीसमेत घाइते भएका छन्।

घाइते दुवैजनाको अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा उपचार भइरहेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद