Media Network

पानीको बहाव बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलिए


खबरस्टोरी संवाददाता

९ भाद्र २०८०,शनिबार

काठमाडौ । सप्तकोशी नदीको ब्यारेजका सबै ढोका खोलिएको छ।कोशी ब्यारेज कन्ट्रोल रूमका एक कर्मचारीका अनुसार ५६ वटै ढोका खोलिएको हो।

‘सात बजेको अपडेट अनुसार पानीको सतह बढेसँगै ५६ वटै ढोका खोलिएको हो’, ती कर्मचारीले भने,‘कोशी पूर्वी पश्चिम नहर भने बन्द गरिएको छ।’साढे ९ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले तीन लाख ८० हजार ८१५ क्यूसेक पानी बगिरहेको बताइएको छ। एक दशकअघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुटेको थियो।

बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएकाले अहिले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरूले विशेष सतर्कता अपनाएका छन्। पुलको बिम छुन लाग्ने अवस्थामा पुलको ढोका खोल्ने गरेको बताइएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद