Media Network

प्रभावित क्षेत्रमा सरकारले एक वर्षभित्र भूकम्प प्रतिरोधात्मक संरचना बनाउने


खबरस्टोरी संवाददाता

१९ कार्तिक २०८०,आईतवार

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका प्रभावित क्षेत्रमा सरकारले एक वर्षभित्र भूकम्प प्रतिरोधात्मक संरचना बनाउने गरी काम अगाडि बढाउने निर्णय गरेको छ ।

आइतबार सिंहदरवारमा बसेको मन्त्रिपरिषदको बैठकले सहरी विकास मन्त्रालयले जाजरकोटलाई आधार मानेर भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनःनिर्माण कार्य अघि बढाउने निर्णय गरेको छ । निर्णयमा अगाडि भनिएको छ, ‘पुनःनिर्माण कार्य अघि बढाउँदा भूकम्प प्रतिरोधात्मक संरचना एक वर्षभित्र निर्माण गरिसक्ने ।’

शनिबार मध्यराती जाजरकाट र रुकुम पश्चिममा गएको ६.४ म्याग्निच्युडको भूकम्प ठूलो मात्रामा घरहरु भत्किएका छन् ।

पुनःनिर्माण बेलासम्मका लागि भूकम्पबाट आवास क्षति भएका परिवारलाई अस्थायी बसोबासको लागि टहराहरु निर्माण गर्ने पनि सरकारको निर्णय छ ।

साथै, सावधानीका निमित्त भूगोलको अध्ययनका आधारमा आगामी दिनमा वस्ती विकास गर्ने व्यवस्था मिलाउने र विपद् प्रभावितहरुका लागि आवश्यक पर्नसक्ने राहत तथा उद्धार सामग्रीहरुको पूर्वतयारी स्वरुप मौज्दात राख्ने पनि सरकारको निर्णय छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद