Media Network

प्रस्तावित न्यायाधीशको सुनुवाइ आज


खबरस्टोरी संवाददाता

२ पुष २०८०,सोमबार

काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित दुई जना न्यायाधीशको आज संसदीय सुनुवाइ हुँदैछ । प्रस्तावित न्यायाधीशद्वय सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको संसदीय सुनुवाइ आज हुने गरी संघीय संसद् सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ ।

संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बोलाइएको छ । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ । सर्वोच्च अदालतका प्रस्तावित छ मध्ये दुई जनाको हिजो संसदीय सुनुवाइ भएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाले हिजो समितिसमक्ष आफ्नो कार्ययोजना प्रस्तुत गरे । यसअघि सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय सुनुवाइ भइसकेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद