Media Network

प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत ?


खबरस्टोरी संवाददाता

९ मंसिर २०७९,शुक्रबार

काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ ।

निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणानुसार एमालेले ११ लाख २१ हजार २२१ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १० लाख ६३ हजार ९५७ मत प्राप्त गरेको छ ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत संख्या पाँच लाख ३१ हजार ५२० रहेको छ ।

नेकपा (माओवादी केन्द्र)को चार लाख ८६ हजार ९१, राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई लाख ८० हजार १०५, जनता समाजवादी पार्टी नेपालको एक लाख ३१ हजार ८१०, नेकपा (एकीकृत समाजवादी)को ८० हजार ३०२, जनमत पार्टीको ८० हजार २३२, नागरिक उन्मुक्ति पार्टीको ७९ हजार ७५२, नेपाल मजदुर किसान पार्टीको ५७ हजार ७७०, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको ५६ हजार २२१, हाम्रो नेपाली पार्टीको ३३ हजार ४१९ मत, राष्ट्रिय जनमोर्चाको ३० हजार ६२ मत रहेको निर्वाचन आयोगले जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद