Media Network

प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै


खबरस्टोरी संवाददाता

२९ पुष २०७९,शुक्रबार

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस आज विश्वासको मत लिँदै छन् ।आज दिउसो १ बजे बस्ने प्रदेशशभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । उनी पुष २४ गते मुख्यमन्त्रीमा नियक्त भएका थिए ।

नेपालको संविधान २०७२ को धारा १६८ ९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त कार्कीले संविधानको धारा १६८ ९४० बमोजिम नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।नेकपा एमाले संसदीय दलका नेता कार्की एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

९३ सदस्यीय प्रदेशसभामा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ सहित कार्कीलाई समर्थन गर्नेको संख्या ६० छ ।प्रतिपक्षी बेन्चमा ३३ सांसद छन । त्यसमा काग्रेसका ३३ र एकीकृत समाजावदीका ४ सांसद हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद