Media Network

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त


खबरस्टोरी संवाददाता

२४ पुष २०७९,आईतवार

काठमाडौं । नेकपा एमालेका प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दुई वा दुई भन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री दाबी गरेका कार्कीलाई प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।६० जना सांसदको हस्ताक्षरसहित कार्कीले मुख्यमन्त्री दाबी गरेका थिए । प्रदेशसभामा रहेका ९३ मध्ये कांग्रेस र एकीकृत समाजवादीबाहेक अरु सबैको समर्थनमा प्रदेश प्रमुखसमक्ष कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए  ।

प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गरेका थिए  ।एमाले र माओवादीबीच आधा–आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति भएसँगै कार्की मुख्यमन्त्री बनेका हुन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद