Media Network

प्रदेश १ को सभामुखमा माओवादीका बाबुराम बन्ने पक्का


खबरस्टोरी संवाददाता

२५ पुष २०७९,सोमबार

विराटनगर । प्रदेश १ को सभामुख बाबुराम गौतम हुने भएका छन् । सत्ता साझेदार दलहरूबिच भएको भागबन्डामा प्रदेश १ को सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको हो ।

माओवादी केन्द्रले सभामुख आफ्नोमा भागमा परेसँगै नेता गौतमलाई सभामुख बनाउने तयारी गरेको हो । ओखलढुंगा १(२)बाट निर्वाचित गौतम माओवादीका केन्द्रीय सदस्य समेत हुन् ।

यसअघि सभामुखमा संखुवासभाबाट निर्वाचित राजेन्द्र कार्कीको नाम चर्चा थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद