Media Network

प्रधानमन्त्री देउवा र प्रचण्डको तस्विर जलाइयो


खबरस्टोरी संवाददाता

१३ श्रावण २०७९,शुक्रबार

हेटौंडा । संसद्बाट पास गरिएको नागरिकता विधयेक विरुद्ध राप्रपा नेपाल मकवानपुरले बाग्मती प्रदेशको राजधानी हेटौंडामा राँके जुलुस प्रदर्शन गर्दै प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । शुक्रबार साँझ राप्रपाले नागरिकता विधेयक,भ्रष्टाचार र अन्य समसामयिक विषयमा विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा प्रधानमन्त्री देउवा सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तस्विरहरु जलाईएको थियो । उनिहरुले राष्ट्रघाती नागरिक अध्यादेश र संघीयता खारेज गर्न माग समेत गरेका छन् । हेटौंडा–५ सानोपोखरा स्थित राप्रपाको पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शनको यार्ली कान्तिराजथ,बुद्धचोक हुँदै सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद