Media Network

पूर्वसचिव खनालले गरे दोस्रो विवाह


खबरस्टोरी संवाददाता

१३ माघ २०७९,शुक्रबार

काठमाडौँ।पूर्वसचिव रामेश्वर खनालले नयाँ वैवाहिक जीवन सुरू गरेका छन् । सरिता शर्मा पोखरेलसँग बिहीबारदेखि खनालले नयाँ दाम्पत्य जीवन सुरू गरेका हुन् ।

 २१ असोज, २०७६ मा खनालकी श्रीमती सचित्रा खनालको क्यान्सरका कारण निधन भएको थियो ।

खनाल र शर्मा दुवैका एक–एक छोरी छन् । शर्माको श्रीमानको पनि १९ वर्षअघि निधन भएको थियो । विवाहको ६ वर्षमै छोरी ५ वर्षको हुँदा पति वियोग सहेकी शर्माले एकल महिलाकै रुपमा छोरीलाई लालनपालन र शिक्षा दिक्षा दिएकी थिइन् ।

अर्थविज्ञका रुपमा समेत चिनिएका पूर्वसचिव खनाल र शर्माले दुवैतर्फको परिवारको उपस्थितिमा केक काटेर नयाँ यात्रा शुभारम्भ गरेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद