पशुपतिको जलहरी प्रकरणमा अख्तियारले चासो देखाएसँगै आइतबार जाँचका क्रममा पशुपतिमा राखिएको जलहरीमा कुल १०७.७६ केजि सुन हुनुपर्नेमा १०७.४६८७ केजि सुन भेटिएको हो ।
जलहरीमा प्रयोग भएको सुनमध्ये १०७.९५३ केजी सुन २४ क्यारेट सुन हो । जसमा तामापितल थप गरी २२ क्यारेटको १०७.७६ केजि सुन जलहरीमा प्रयोग भएको थियो । तर, जाँचका क्रममा पशुपतिनाथको जलहरीमा झण्डै आधा केजि सुन कम भेटिएको हो ।
यता पशुपति क्षेत्र विकास कोषले भने दिनहुँ दही तथा जलले नुहाउँदा पानिले पखालेर आधा केजी सुन घटेको दाबी गरेको छ । पशुपतिनाथको जलहरी प्रकरणमा सुन हिनामिना नभएको सुनचाँदी व्यवसायी महासंघले पनि दाबी गरेको छ ।