Media Network

पशुपति जलहरी नापताैल: आधा किलो सुन तलमाथि


खबरस्टोरी संवाददाता

११ असार २०८०,सोमबार

काठमाडौं । पशुपतिनाथको जलहरीमा आधा किलो सुन तलमाथि परेको देखिएको छ । जलहरीमा झन्डै एकसय साढे सात केजि सुन भएको पाइएको छ ।

पशुपति क्षेत्र विकास कोष, अख्तियार, नेपाली सेना, सुन चादी व्यवसायी महासंघ, नेपाल प्रहरी, पशुपतिनाथका पुजारीलगायतको रोहवरमा सोमबार बिहान २ बजे गरिएको नापतौलमा १०.४३२५ केजी सुन जलहरीसहित रिङ र बेल्टमा प्रयोग भएको र किला काटीमा १.०३७५ केजि सुन प्रयोग भएको पुष्टि भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

जलहरीमा प्रयोग भएको सुन मध्ये १०७.९५३ केजि २४ क्यारेट सुन हो । त्यसमा तामापितल थप गरि २२ क्यारेटको १०८ केजि जलहरीमा प्रयोग भएको थियो ।तर जर्ती तथा दिनहुँ दहि तथा जलले नुहाइदिँदा झण्डै आधाकेजी सुन तलमाथि भएको भेटिएको कोषले जनाएको छ । तर यसमा हिनामिना नभएको सुनचाँदी व्यवसायी महासंघले पुष्टि गरेको कोषको भनाइ छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद