Media Network

पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन


खबरस्टोरी संवाददाता

२३ श्रावण २०८०,मंगलवार

पोखरा । हिजो रातिदेखि अवरूद्ध तनहुँको व्यास नगरपालिकाको पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।रोशी–११ भ्याकुरे खोलामा अबरुद्ध भएको सडक लगातार ६/७ घण्टाको निरन्तर प्रयासपछि पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

सडक भासिएका कारण अहिले साना सवारीका लागि एकतर्फी सुचारु भएको हो ।

 बिहान करिब ११ बजे राजमार्ग भासिएको थियो ।

उरालीमा पृथ्वी राजमार्ग विस्तारको क्रममा सडकको तर्फ खनिएको थियो । 

विस्तारकै क्रममा रहेको सोही सडक अविरल वर्षाले भासिएको प्रहरीले जानकारी दिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद