Media Network

रघुवीरदम्पतीको धनुषाबाट एकसाथ जित


खबरस्टोरी संवाददाता

१३ मंसिर २०७९,मंगलवार

जनकपुरधाम । धनुषाका चार प्रतिनिधि सभा क्षेत्रमध्ये दुई क्षेत्रमा एमालेबाट श्रीमान–श्रीमतीले नै प्रत्यक्षतर्फ चुनाव जितेका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट जुलीकुमारी महतो र धनुषा ४ बाट रघुवीर महासेठ निर्वाचित भएका हुन् । महासेठ र महतो श्रीमान–श्रीमती हुन् ।

यसअघि पनि दुवैजना सांसद थिए । २०७४ मा महासेठ प्रत्यक्षबाट र जुली समानुपातिक कोटाबाट सांसद बनेका थिए । उनीहरु दुवैजना पालैपालो केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री पनि भएका थिए । यसपटक रघुवीर र जुली दुवैले सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रत्यक्ष निर्वाचित भएका हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद